१५ असार २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ९१ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १७० रुपैयाँ १९ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।