४ कार्तिक २०८३, बुधबार

उपेन्द्रलाई देखाउन गच्छदारको यस्तो छ योजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhedarकाठमाडौं, ७ असार । आठदलीय मधेसी मोर्चाभित्रका पाँच दलले निष्काशित गरेपछि फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले नयाँ मधेसी मोर्चा निर्माण थालेका छन् ।

आइतबार बिहान सानेपास्थित निवासमा गच्छदारले साना मधेसी दलका शीर्ष नेताहरु डाकेर नयाँ मोर्चा बनाएर गएमात्रै अरु मधेसी दलहरुको वैचारिक प्रतिरोध गर्न सकिने बताएको कान्तिपुर दैनिकले छापेको छ ।

बैठकमा राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झा उपस्थित थिए ।

यसैगरी दुई दिनअघि सानेपा निवासमै गच्छदारले भण्डारी, झासहित फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव राखेर चार मधेसी दलको बैठक गरेको गच्छदारनिकट स्रोतले कान्तिपुरसँग बतायो ।

चार मधेसी दलले नयाँ मधेसी मोर्चाको औपचारिक घोषणा नहुन्जेल भेटघाट निरन्तर राख्ने समझदारी बनाएका छन् ।