३० आश्विन २०८३, शुक्रबार

स्वर्गीय अभिनेता श्रीकृष्णलाई अमर ताराको उपाधि, सम्मान थाप्न स्वेता अमेरिकामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweeta-khakda (3)

– विजय थापा

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गरिनुको साथै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ ।

श्रेष्ठलाई ‘अमर तारा’ उपाधिबाट सम्मान अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले कोहिनूर चलचित्र कि नायिका तथा स्व श्रेष्ठकी पत्नी स्वेता खड्कालाई हस्तान्तरण गर्नुभयो ।

स्व श्रेष्ठ सानो उमेरदेखि आफ्नो अभिनय क्षमता मार्फत रंगमञ्चसँगै चलचित्र क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरुप अमेरिकामा स्थापना भएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गरेको हो ।

चलचित्र सुरु हुनु अगाडी नायिका स्वेता खड्काले भाव विहल हुँदै पैसाको घमण्ड मानिसमा हुने हुन्छ ​। ​यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए भन्दै चलचित्रबाट उठेको रकमले नेपालका भूकम्प पीडितलाई दिने घोषणा गरिन ।

प्रमुख अतिथि रहनु भएका राजदूत कार्कीले अमेरिकामा नेपाली समुदायलाई एकता नभएको आरोप लागेको अवस्था छ भन्दै अहिलेको अवस्थामा नेपाली समुदाय एकजुट हुनुपर्ने अपरिहार्य भएकोले डिसी महानगर क्षेत्रका सबै संघ तथा संस्था मिलेर कोहिनूर चलचित्र देखाउन आफूले आग्रह गरेको र सोहि अनुसार मिलेर चलचित्र देखाईएकोमा हर्ष व्यक्त गर्नुभयो ।

यसैगरी नेपाल सरकारका तर्फबाट म्यारिल्याण्ड तथा पेंसेलभ्यानिया राज्यका लागि महा बाणिज्य दुतले नायिका स्वेता खड्काले उठेको रकम उनी यस्तो बिपतमा परेको बेलामा पनि भूकम्प पीडितलाई दिने घोषणा गरेकोमा उनको मन कति ठुलो रहेछ भनि प्रशंसा गर्नुभयो ।

नायिका स्वेता खड्का तथा राजदूत अर्जुन कार्कीलाई समाजसेवी राम मालाकारले खादा लगाई सम्मान गर्नु भएको थियो भने स्व श्री कृष्णको तस्बिरमा पुष्प गुच्छाद्वारा श्रद्धान्जली अर्पण गरिएको थियो ।

अमेरिकन नेपाली टेलिभिजनका प्रमुख हेमन्त श्रेष्ठले ३६ वटा संस्था मिलेर सबैले ऐक्यबद्धता देखाएकोमा हर्ष व्यक्त गरे भने प्रमुख कार्यकारी अधिकृत आनन्दु लामाले चलचित्र हेर्न आउने सबैलाई धन्यबाद दिएका थिए ।

नेपाली चलचित्रको इतिहासमा सर्वाधिक रकम कमाउन सफल कोहिनूर चलचित्र प्रदर्शनका लागि अभिनेत्री स्वेता खड्का स्वयम् दर्शकहरु संगै बसेर हेरेकी थिइन् ।