१८ कार्तिक २०८३, बुधबार

आज वर्षकै लामो दिन, समय अनुसार पात्रो मिलेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

long-dayकाठमाडौं, ६ असार । आज यसवर्षको सबैभन्दा लामो दिन परेको छ । आज विहान ५ बजेर १३ मिनेटमा उदाएको सूर्य ६ बजेर २८ मिनेटमा अस्ताएको छ ।

अब बिस्तारै दिन छोटो हुँदै जाने र चिसो बढ्दै जाने ज्योतिष डा. सुनिल सिटौलाले बताए । उनका अनुसार आज राति १० बजेर १४ मिनेटमा सूर्य कर्कटतिर लाग्ने भएकाले आजैबाट वर्षायाम सुरु हुने छ ।

ज्योतिष सिटौलाले नेपाली पात्रो अशुद्ध भएको समेत दैनिक नेपालसँग बताएका छन् । ‘समय अनुसार आज साउने संक्रान्ति पर्नुपर्ने हो’, उनले भने, ‘तर, तलमाथि भएको छ । पात्रो सच्याउनुपर्छ ।’ प्रत्येक ७१ वर्षमा समय २४ घण्टा अगाडि धकेलिने भएकाले पात्रो परिवर्तन गर्नुपर्ने भएपनि पुरानै ढर्राबाट चलेको उनको भनाई छ । उनका अनुसार समय २४ घण्टा अगाडि धकेलिइसकेपनि पात्रोमा कुनै संशोधन गरिएको छैन ।

ज्योतिष सिटौलाको अनुसार चैत र असोज ६, ७ गतेतिर दिन र रात बराबर हुने गर्दछ भने पुसको ६ वा ७ मा रात लामो दिन छोटो हुने गर्दछ ।