१८ कार्तिक २०८३, बुधबार

दुई लाख ५० हजारको पटका बरामद गरी नष्ट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटका नष्ट गरिएको छ ।

तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको पटका मंगलबार नष्ट गरिएको हो ।

गुल्मका अनुसार स्थानीयबासीको रोहबरमा गुल्म परिसरभित्र खाडल खनी उक्त पटका नष्ट गरिएको हो ।