४ कार्तिक २०८३, बुधबार

प्रहरी जवानले किन पुर्‍याए उड्नै लागेको जेट एयरवेजको विमानमा ‘खाम’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jetairways-काठमाडौं, ६ असार । जेट एयरवेजको विमान उड्नै लाग्दा शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एक प्रहरी जवान हतारिँदै आए ।

एयरवेजका कर्मचारीलाई विमानभित्र रहेका कर्मचारीको सामान छुटेको भन्दै बन्द खाम जिम्मा लगाएर फर्किए । विमानका कर्मचारीले शंका लागेर खाम खोलेर हेरे ।

खामभित्र कुवेत र इराकको भिसा लागेका चारवटा राहदानी थिए ।

प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले दिएको खामभित्र एक युवतीको राहदानीमा कुवेत र तीन युवतीकोमा इराकको भिसा लागेको थियो ।

जेट एयरका कर्मचारीले प्रहरीलाई खबर गरेपछि विमानमा चढेका ४ महिलासहित उनीहरूलाई दिल्लीसम्म पुर्‍याउन जान लागेका ४ आफन्तलाई प्रहरीले विमानबाटै नियन्त्रणमा लिएको छ ।

सोधपुछ गर्दा ती युवतीलाई कुवेत र इराक पठाउने दलालले एक्लै जाँदा प्रहरीले रोक्ने भन्दै आफन्तको साथ लगाएर दिल्ली पठाउन लागेको खुलेको छ । इराक नेपाली कामदार पठाउन प्रतिबन्धित मुलुक हो ।

विदेश जान लागेका महिलाका आफन्तले आफूहरूलाई दलाले दिल्लीसम्म पुर्‍याएर फर्किन लगाएको प्रहरीलाई बयान दिएको कान्तिपुर दैनिकले छापेको छ ।

यसरी विदेशिन लागेका महिलाहरू नुवाकोट, सिन्धुपाल्चोक, तनहुँका छन् ।