अर्जुन काफ्ले
मलेसिया । अपहरणमा परेको १० दिन पछि नेपाली कामदार रुपन्देहीका मनिराम केवट सम्पर्कमा आएका छन् ।
शुक्रवार साँझ उनलाई एक जना स्थानीयले उद्दार गरी होस्टलमा ल्याइ पुर्याइदिएका छन् । १० दिन अघि केपुङ्गस्थित बसपार्कवाट स्थानीय तामिल समुदायका मानिसले उनलाई अपहरण गरेका थिए । अबैधानिक रुपमा काम गर्दै आएका उनी केपुङ्गबाट नेपाली राजदुतवास जाने क्रममा अपहरणमा परेका थिए । अपहरणमुक्त भएपछि दैनिक नेपालसँग कुरा गर्दै केवटले अपहरण पर्नुको कारण पैसा नै रहेको वताए ।
अपहरणकारीले अपहरण गरेपछि बेहोस पारेको र होेसमा आउँदा अस्पतालको बेडमा रहेको उनले वताए । तथापि उनीलाई उद्दार गर्ने स्थानीय व्याक्तिले भने उनलाइ जंगलबाट उद्दार गरी अस्पतालमा पुर्याएको वताए । ती व्यक्तिले केवटलाई रक्ताम्य अवस्थामा भेटेर अस्पतालमा पुर्याएका थिए । ती स्थानिय व्यक्ति मलेसियाको गैर सरकारी संस्थामा कार्यरत छन् । अपहरणकारीले केवट मरेको आंशकामा फालेको हुन सक्ने आशंका गरिएको छ ।
केवटको साथमा रहेको २१ सय आरएम, सुनको सिक्री र मोवाइल गरी करिब डेढ लाख भन्दा बढी अपहरणकारीले लगेका छन् ।
















प्रतिक्रिया