
काठमाडौं, १३ जेठ । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरुको अधिवेशन, संगठन सुदृढीकरणसँगै सक्रिय सदस्यता वितरण अभियान बारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेश हुने कार्यपत्र र प्रतिवेदनहरुसमेत पास गर्नेछ ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।












प्रतिक्रिया