काठमाडौ । गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले अडिसन सरेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन सुरु हुने भएको छ ।
नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया आयाम थप्ने उद्देश्यले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको पहिलो अडिसन शनिवार सम्पन्न भएको छ ।
काठमाडौँ आसपासका कुल २५० भन्दा बादी सहभागीले सहभागिता जनाएका छन् , फेसन जगतका स्रस्टाहरु अन्तरास्ट्रिय डिजाइनर विश्व गौतम, कोरियोग्राफर रोजिन शाक्य, मिस नेपाल २०१२ नाग्मा श्रेष्ठ, डा. आयुशमान घिमिरे, सागर गुरुङ, मोडल बिष्णु अर्याल र फोटोग्राफर विकास रानाले तालिम चरणको लागि केहि प्रतिस्पर्धी छानिएको बताउनुभयो । प्रतियोगिता को अर्को अडिसन असार १९ गते राजधानीमा आयोजना गरिने आयोजक नेक्ष्ट मोडलस्ले जानकारी गराएको छ ।

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेश लगायतका देशमा चर्चित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट’ यस पटक नेपालमा पनि आयोजना गरिन लागिएको हो । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाई रहेको छ ।
१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवायुवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाको लागि एक महिने प्रशिक्षण दिइने छ ।
प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैयाँ, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी साउन २३ गते राजधानीमा हुने छ ।






















प्रतिक्रिया