
काठमाडौं, १२ जेठ । अभिनेता अनमोल केसीले नेपाली चलचित्रलाई माया गरेको भन्दै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ ।
शनिबार अध्यक्ष ओलीले लेख्नुभएको स्टाटस शेयर गर्दै अभिनेता अनमोलले अध्यक्ष ओलीलाई धन्यवाद दिनुभएको हो । ‘आदरणीय, हामी सबैको राष्ट्रिय बा केपी बालाई मुरीमुरी धन्यवाद । नेपाली चलचित्रलाई सधैँ माया गर्नु भएकोमा आभारी !’ अनमोलले फेसबुकमा लेख्नुभएको छ ।

शनिबार बिहान अध्यक्ष ओलीले प्रदर्शनरत नेपाली चलचित ‘पुजार सार्की’ र ‘फर्की फर्की’लाई शुभकामना दिनुभएको थियो । उहाँले यी दुई चलचित्रमा युवा पुस्ताका नयाँ कलाकारहरुले अभिनय गर्नुभएको र प्रारम्भिक रिभ्यु राम्रो भएको सुन्न र पढ्न पाएको भन्नुहुँदै समय मिले आफू पनि हेर्ने जनाउनुभएको थियो ।
‘आज शनिबार । धेरैले फिल्म पनि हेर्नु भयो होला, हेर्दै हुनुहुन्छ होला । शनिबार भए पनि म अलि बेफुर्सदी भएँ । युवा पुस्ताका नयाँ कलाकारहरुले अभिनय गर्नु भएका यी दुई चलचित्र – ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रारम्भिक रिभ्यु राम्रो भएको सुन्न र पढ्न पाएको छु। कलाकारहरुको अभिनय बेजोड छ भन्ने सुनेको छु। विषयवस्तु पनि अब्बल उठाउनु भएको छ। युवा टिम सबैलाई शुभकामना !! समय मिले म पनि चलचित्र हेर्ने नै छु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको थियो ।








प्रतिक्रिया