
काठमाडौं, ११ जेठ । नागरिकता किर्ते कसुरमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आज शुक्रबार सुरु हुँदैछ ।
सिरोहियासँग सामान्य सोधपुछ भएपनि आधिकारिक बयान भने आज शुक्रबार हुन लागेको हो ।
सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ । बयान नसकिए म्याद थप गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ पर्नुभएका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो ।








प्रतिक्रिया