१५ असार २०८३, सोमबार

चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । चेल्सीले प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ । क्लबले यस सिजनमा सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक पोचेट्टीनोलाई हटाएको हो ।

५२ वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनो २०२३ को जुलाईमा चेल्सीको प्रशिक्षक नियुक्त भएका थिए । यस सिजनमा चेल्सीको प्रदर्शन उतार-चढावपूर्ण रहेको थियो । सिजनको अन्त्यतिर चेल्सीले आफ्नो प्रदर्शनमा सुधार गर्दै प्रिमियर लिगमा छैटौं स्थानमा यो सिजन समाप्त गरेको थियो ।

उनको नेतृत्वमा चेल्सीले खेलेका ५१ खेलमा २६ जित ११ बराबरी र १४ खेलमा हार बेहोरेको थियो ।  चेल्सीले छिटै नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।