३० आश्विन २०८३, शुक्रबार

ट्याटु खोप्ने रिहानाको नयाँ तरिका ! थाहा पाउनुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rihhanaलस एन्जलस । शरीरमा बिभिन्न ट्याटु बनाएको कारणले बेलाबेलामा चर्चामा छाउने गायिका रिहानाले अब नया“ ट्याटुका डिजाइन तयार गर्ने भएकी छन् ।

उनले गहना डिजाइनर ज्याकी आईचेका साथ मिलेर ट्याटुका अस्थायी डिजाइनहरु तयार गर्न लागेकी हुन् । उनले सुनौलो र चम्किलो रंगको अस्थायी डिजाइन तयार गरिरहेकी छन् ।

ट्याटुका डिजाइनरका लागी उनले सामुन्द्री किनारा रोजेकी छन् । ‘ट्याटु बनाउने काममा मैले रिहानालाई सघाइरहेकी छु ‘आईचेले भनिन् । डिजाइनका क्रममा रिहानाले आफ्नो शरिरमा पनि बिभिन्न किसीमका टाटु बनाईरहेकी छन् ।

Rihana

आर एण्ड बी स्टार रिहाना आइट्युन्स चार्टको शिर्ष स्थानमा रहन सफल गायिका हुन् । नया गीत ‘बेटर ह्याव माई मनी’ले उनलाई सो स्थानमा पुर्याएको हो ।

अमेरीकाको स्टोरमा पनि उनको गीत नम्बरिङमा परेको छ । ‘बेटर ह्याव माई मनी’ गीतको ब्राजील, फ्रान्स र दक्षिण अफ्रिका, क्यानडा, जर्मनी र स्पेनमा पनि उत्कृष्ट १० भित्र परेको छ । (एजेन्सी)