३० आश्विन २०८३, शुक्रबार

ग्यारेजमा आगलागी, साढे तीन करोडको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoलहान, ५ असार । सिरहाको गोलबजारस्थित एक मोटर ग्यारेजमा आज बिहान विद्युत् प्रवाह भई आगलागी हुँदा रु तीन करोडभन्दा बढीको क्षति भएको छ ।

गोलबजार नगरपालिका– ३ स्थित आयुष ट्राभल्सको पार्किङ ग्यारेजमा भएको आगलागीबाट गाडीको पार्टपुर्जा, फर्निचर तथा ग्यारेजभित्र भएका कम्प्युटरलगायतका समान जलेर नष्ट हुँदा करिब रु तीन करोड ५० लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बिहान ३ बजेतिर ग्यारेजको विद्युत् प्रवाह भई आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस