३० आश्विन २०८३, शुक्रबार

रत्नपार्कमा महिलासँग चिनजान हुँदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ratnapark-redlite-area

काठमाडौं, ५ असार । काठमाडौंको रत्नपार्कलाई नेपालकै ‘रेड एरिया’ भन्ने गरिन्छ । जहाँ यौनकर्मीको विगविगी हुन्छ ।

यौन वार्गेनिङ, मोलमोलाई पनि त्यही नै हुन्छ । नयाँ नयाँ महिलासँग चिनजान बढाउने थलो पनि रत्नपार्क नै हो । त्यही चिनजानका आधारमा भएको शारीरिक सम्पर्क बलात्कारमा परिणत भएको छ ।

वैदेशिक रोजगारीबाट घर फर्किएका काभ्रे घर भएका लीलानाथ तिमल्सिना रत्नपार्कमा महिलासँग चिनजान हुँदा प्रहरी फन्दामा परेका छन् त्यो पनि बलात्कारको घटनामा ।

भूकम्पका कारण काठमाडौंको खुलामञ्चको त्रिपालमा बस्दै आएकी रत्नपार्कमा चिनजान भएकी महिलालाई बलात्कार गरेको आरोपमा तिमल्सिनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

जेठ २३ गते खुलामञ्चको त्रिपालमुनी आफूमाथि बलात्कार भएको भन्दै महिलाले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । तर, उनले महिलालाई बलात्कार नगरेको प्रहरीलाई बताएका छन् ।

यता प्रहरीले महिलाको उजुरीको आधारमा कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ । प्रहरीका अनुसार रत्नपार्कमा चिनजानको एक चियापसलमा चिया पिउन जाँदा महिलासँग तिमल्सिनाको परिचय भएको थियो ।

प्रहरीले जाहेरी दर्ता गरेर तिमल्सिनाविरुद्ध जवरजस्तीकरणी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।