२८ आश्विन २०८३, बुधबार

सरकार समावेशी भएन : नेता केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjunnar Shin K Cविराटनगर । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान मन्त्रिमण्डलमा जातीय एवम् क्षेत्रीय आधारमा प्रतिनिधित्व नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (सोमबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारमा दलित, मुसलमान एवम् कर्णाली प्रदेशका जनताको प्रतिनिधित्व गराउन आग्रह गरे ।

नेता केसीले सरकार एकलौटी ढङ्गले अघि बढिरहेको आरोप पनि लगाए ।

‘न्यायपालिकालाई स्वतन्त्र एवम् निष्पक्ष भएर काम गर्न दिनुपर्छ’, उनले भने, ‘न्यायपालिका दलीय भागबन्डाबाट मुक्त राख्न दलहरु सचेत हुनुपर्छ ।’