काठमाडौं, ५ असार । शुक्रबार उनको जन्मदिन । शुक्रबारै उनले एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याइन् । अफसोच न उनको जन्मदिन मनाइयो न सफलताको उत्सव ।
भक्तपुर तौलाछे १ की एलिसा ग्वाँछाले एसएलसी परीक्षा त दिइन तर नतिजा नआउँदै उनको भौतिक शरीरले धर्तीबाट बिदा लियो । भक्तपुरकै बागेश्वरी उच्च माविबाट परीक्षा दिएकी सिम्बोल नम्बर ०२८०८०३ ‘सी’ की एलिसा फस्ट डिभिजनमा पास भएको विद्यालयका साहयक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले जानकारी दिए। नागरिक दैनिकले समाचार छापेको छ ।
वैशाख १२ गते भूकम्पमा परि घाइते उनको उपचारका क्रममा जेठ १ गते वीर अस्पतालमा निधन भएको थियो ।
फलामे ढोका पार गर्नुअघि नै एलिसाको जीवन यात्रा रोकियो ।
















प्रतिक्रिया