४ कार्तिक २०८३, बुधबार

भूकम्पपीडितको नाममा अक्सफाम र केयर नेपालले गरे यसरी हिनामिना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oxfam-logo-काठमाडौं, ५ असार । शिक्षक उमेश भट्टराई घरबेटीले विकल्प नदिई निकाले । कारण थियो, उनले महिनाको दुइ हजार तिरेको कोठालाई राहत र पुनःस्थापामा जिल्ला आएको अन्तर्राष्ट्रिय संस्था अक्सफाम–नेपालले १५ हजार दिने भयो ।

पुछार बजारस्थित हीरा श्रेष्ठके घरमा कोठा लिएर उमेश जस्तै भाडामा बस्ने चार परिवार थिए ।

तीबाट जम्मा ८ हजार रुपैयाँ आइरहेकोमा घरबेटीलाई ६० हजार आउन थाल्यो ।

त्यति पाएपछि चारवटै कोठाबाट डेरावाल निकालिए । उमेश साथीसँग मिलेर चर्केको घरमा अस्थायी बसोवास गरिरहेका छन् ।

भूकम्पपीडितकै लागि आएको केयर नेपालले पनि एउटै कोठाको १७ हजार तिरेको छ ।

35 years_care nepal.FH10कान्तिपुर दैनिकले अगाडि लेख्छ, जिल्ला सदरमुकामका २ वटा ठूला स्तरीय होटल आईके गेस्ट हाउस र आरके गेष्ट हाउसका कोठा अक्साम र केयर नेपालकै कर्मचारीले भरिएका छन् ।

क्याम्पस चोकको आइकेका १० कोठाको हरेक रात ८ सयदेखि १२ सयसम्म बेहोर्ने गरेको २ महिना पुग्यो ।

अक्सामले भाडामा लिएका डीडीजी–१ देखि १३ सम्म लेखेर चारैतिर संस्थाका स्टिकर टाँसिएका हुन्छन् । एउटा गाडीमा १ जना कर्मचारी हुन्छन् ।

यी गाडीको भाडा मासिक ३ देखि ६ लाख तिरिएको पाइएको छ ।

मासिक करोडौ रकम गाडी भाडा र कार्यालय व्यवस्थापनमा खर्च गर्ने यी अन्तर्राष्ट्रिय गैससहरुले जिल्लामा कति रकमबराबरको राहत वितरण गरे ? कति उद्धार गरे कतै रेकर्ड छैन ।