काठमाडौं, ५ असार । संसदको विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्पपीडितलाई कुहिएको चामल बाँडिएको घटनाको स्थलगत अध्ययन सुरु गरेको छ ।
विश्व खाद्य कार्यक्रमले गोरखाका भूकम्पपीडितलाई अखाद्य चामल वितरण गरेको समाचार सार्वजनिक भएलगत्तै समितिले विज्ञ सहितको संसदीय टोली खटाएको हो ।
सभामुख सुवासचन्द्र नेम्वाङले शुक्रबार टोली खटाउनुअगावै वितरणका लागि गोरखा पुर्याएको चामल प्रमाण नष्ट नहुने गरी जस्ताको तस्तै राख्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
‘अखाद्य चामल तत्कालै साटेर राम्रो देखाउने प्रयास हुन सक्ने आशंकामा यस्तो सतर्कता अपनाइएको हो’, संसद सचिवालयका एक अधिकारीले भने ।
अखाद्य चामल वितरण गरिएको गोरखाको लाप्राकसम्म पुग्ने कार्यादेशसहित सांसद भानुभक्त ढकाल र उषा गुरुङ शनिबार नै त्यसतर्फ प्रस्थान गर्ने कान्तिपुर दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया