
सर्लाही, ३० बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताउनुभएको छ ।
आज सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले देश बनाउन मधेसका नागरिकको उत्थान हुनुपर्ने बताउनुभएको हो ।
देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको उहाँको भनाइ छ । राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि एमालेले मात्रै सार्ने र यो पूरा गर्ने अभिभारा एमालेको भएको स्पष्ट पार्नुभयो ।
८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई उहाँले आह्वान गर्नुभयो । कार्यक्रममा एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेसका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताउनुभयो।
मधेसका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो।








प्रतिक्रिया