१४ कार्तिक २०८३, शनिबार

रुखमा बाँधेर जिउँदै जलाइएको अवस्थामा युवकको शव फेला

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । काभ्रेको पाँचखालमा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

पाँचखाल नगरपालिका- ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति जंगलमा अन्दाजी २५ वर्षीय युवकको रूखमा तारले बाँधेर जिउँदै जलाइएको अवस्थामा शव फेला परेको हो ।

युवकलाई तारले रूखमा बाँधेर जलाइएको पाइएको प्रहरीले जानकारी दिएको छ । शव सडिसकेको छ । कुकुरसहितको प्रहरीको टोलीले अनुसन्धान सुरू गरेको छ ।