२ कार्तिक २०८३, सोमबार

प्रचण्ड, ओली र रविबीच तीन घन्टा वार्ता

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच तीन घण्टा वार्ता भएको छ ।

तीनजना शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ।

अधिवेशन सुरू हुनुअघि नै समिति गठनबारे निष्कर्ष निकाल्ने प्रधानमन्त्रीले प्रयास गरिरहनुभएको छ ।