
झापा, २१ बैशाख । झापामा एक छात्रामाथि गोली प्रहार भएको छ ।
दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उहाँमाथि सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
एनिका कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अमितकुमारले बाटो ढुकर गोली हानेका हुन् । गोली लागेर एनिकाको अवस्था गम्भीर छ । उहाँको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।
गोली हानेर अमितकुमार फरार भएका छन् । उनले के कति कारणले गोली हानेका हुन् भन्ने खुलेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया