३० असार २०८३, मंगलबार

प्रभु बैंकको साधारणसभा आज बस्दै

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, वैशाख २० । प्रभु बैंकको वार्षिक साधारण सभा आज बस्दैछ । प्रभु बैंकले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो ।

प्रभु बैंकको वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरण लगायत विषयमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।