४ कार्तिक २०८३, बुधबार

यौनधन्दा चलिरहेको होटलबाट दुई जोडी रंगेहात समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-racketकोहलपुर, ४ असार । होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा कोहलपुर प्रहरीले एक होटल सञ्चालक र दुई जोडीलाई पक्राउ गरेको छ ।

कोहलपुर चप्परगौडीस्थित होटल सल्यानी गाउँलेका सञ्चालक र यौन कार्यमा संग्लन दुई जोडी युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विरुद्ध अनैतिक यौनकार्यमा संग्लन भएको भन्दै प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कोहलपुर प्रहरीका अनुसार पक्राउ परेका सञ्चालक र युवा युवतीमाथि थप अनुसन्धान भैइरहेको छ । उनीहरुलाई मुद्दा दर्ता गरी अनुसन्धान भैइरहेको डिएसपी जनकबहादुर शाहीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।