३० असार २०८३, मंगलबार

इलाम-२ मा एमालेका सुहाङ २ हजार २५७ मतान्तरले अगाडि

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लैजानुभएको छ ।

सुहाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा २ हजार २५७ मतले अगाडि हुनुहुन्छ ।

सुहाङले ८ हजार ८८ मत प्राप्त गर्दा डम्बरले ५ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ४३० मत प्राप्त गर्नुभएको छ भने रास्वपाका मिलन लिम्बूले १ हजार १९८ मत प्राप्त गर्नुभएको छ ।

इलाममा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको छ ।