४ कार्तिक २०८३, बुधबार

नक्कली सुराकी काण्डमा कार्की यस्तो छ स्वार्थ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-singh-karkiकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिचाराधिन ३५ किलोको नक्कली सुराकी काण्डले नयाँ मोड लिएको छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले नै आर्थिक प्रलोभनमा परि ३५ किलो सुनमा नक्कली सुराकी राखेर करोडौं कमिसन हत्याउन खोजेका प्रहरी अधिकारीहरुलाई उन्मुक्ति दिने तयारी गरेपछि असली सुराकी पीडितहरु अचम्ममा परेको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

करिब अढाई बर्ष अगाडि काठमाडौको कोटेश्वरबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईवी)ले सिन्धुलीका पदमबहादुर तामाङ, सिन्धुपाल्चोकका भिमबहादुर तामाङ र महोत्तरीका सञ्जय कुमार झाको सुराकीमा तस्करी गरेर ल्याइदै गरेको ३५ किलो सुन पक्राउ गरेको थियो ।

उक्त सुनको सुराकीमा सिआइबीका तत्कालीन निर्देशक डिआइजी प्रकाश अर्याल र एसपी इश्वरबाबु कार्कीले आफ्ना मातहतका प्रहरी कर्मचारीका आफन्तको नाम राखी असली सुराकीहरुलाई सुराकी प्रोत्साहन भत्ताबाट बञ्चित गराइएको भन्दै करिब डेढ बर्ष अगाडि अख्तियारमा उजुरी परेको थियो ।

उजुरी परेको एक बर्ष पुग्दा पनि अख्तियारले दोषी प्रहरी अधिकारीहरुलाई उन्मुक्ति दिन खोजे पछि असली सुराकीहरु संसदको सार्वजनिक लेखा समितीसम्म गुहार्न पुगेका थिए । शुरु शुरुमा उक्त काण्डमा नाम मुछिएका प्रहरी अधिकारीहरुलाई निलम्बन गर्नुपर्ने भनी चर्का अभिव्यक्ति दिने सभासद्हरु आर्थिक प्रलोभनमा परि बोली फेरेपछि उक्त काण्ड अख्तियारमै फिर्ता आएको थियो ।

आफूहरुलाई अख्तियारले न्याय दिलाउने आशामा बसेका असली सुराकीहरु अहिले यता न उताका जस्ता भएका छन् । अख्तियार प्रमुख कार्कीको दोहोरो चरित्रका कारण असली सुराकीहरुले अहिले सम्म पनि न्याय पाउन सकिरहेका छैनन ।

स्रोतका अनुसार उक्त काण्ड अख्तियारमा बिचाराधिन भएकै अवस्थामा केही हप्ता अगाडी आरोपी प्रहरी अधिकारीहरुमध्येका डिआइजी अर्याल र एसपी कार्की अख्तियार प्रमुख कार्कीलाई भेट्न पुगेका थिए ।

त्यसलगत्तै प्रमुख आयुक्त कार्कीले आफ्ना स्वकीय सचिव एवम् प्रेस सल्लाहकार भवानी सुवेदीलाई बोलाएर निर्देशन दिदै ‘सुराकी पक्षहरु उक्त बिषयमा सोधखोज गर्न आएमा छिटै हुन्छ भनिदिनु, यत्रो एक बर्ष त तिनीहरुलाई घुमाउन सकियो भने अब ८/१० महिना यसै घुमाउन सकिन्छ, उनीहरुसँग हुदैन चाहिँ नभन्नु, फेरि भड्किएर मिडियाबाजी गर्छन, पहिले जस्तै अब २/४ दिनमै हुन्छ भन्दै टार्दै गर्नु’ भन्दै निर्देशन दिएको सोही समय उक्त बैठकमा सामेल अख्तियारका एक अधिकृतले नाम नछाप्ने शर्तमा युनाइटेड पोष्टलाई जानकारी दिए ।

उक्त बैठकमा प्रमुख आयुक्त कार्की, आयुक्त केशव बराल, डिआइजी अर्याल, एसपी कार्की, गोबर्धन श्रेष्ठ, अनुसन्धान अधिकृत गोबिन्द श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।