१४ कार्तिक २०८३, शनिबार

सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पतिको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यस अघि गत असोजमा पेमेन्ट गेटवेको मुद्दामा उहाँलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले वैशाख २५ मा कसुर निर्धारण गर्न पेशी तोकेको छ ।