
काठमाडौं, ९ बैशाख । काठमाडौँ । कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने हुनुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी अप्रिल २३ र २४ मा नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो ।
भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नुहुनेछ । सो अवसरमा राष्ट्रपति पौडेलले अमिरको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्नुहुनेछ ।
त्यस्तै थानीले अप्रिल २४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नुहुने तय भएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।
अमिर थानी अप्रिल २४ मा आफ्नो भ्रमण पुरा गरि स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।












प्रतिक्रिया