१४ कार्तिक २०८३, शनिबार

रेशम चौधरीको मुद्दा ‘हेर्न नभ्याइने’मा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

निर्वाचन आयोगले रेशमलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनाउन अस्वीकार गरेपछि रेशम सर्वोच्च अदालत पुग्नुभएको थियो ।

चौधरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुनु भएको थियो । तर आयोगले उहाँलाई अध्यक्ष अस्वीकार गरेको हो ।