
तनहुँ, ९ वैशाख । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख संकलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट रकम संकलन गरिएको हो ।
पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय संकलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिनुभयो ।
संकलन रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम संकलनको क्रम जारी छ ।’
रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैंकको खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गर्नुभएको छ ।












प्रतिक्रिया