३० आश्विन २०८३, शुक्रबार

मुस्ताङमा हवाई पर्यटक बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hawai-paryatak1मुस्ताङ, ३ असार । हिमाली जिल्ला मुस्ताङमा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

विनाशकारी भूकम्पका कारण ठप्प बनेको यहाँको पर्यटन व्यवसायी पछिल्लो समय पर्यटकको आवागमनसँगै तङ्गिँ्रदै जान थालेको छ । बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा झरेको पहिरोका कारण सिधा सवारीसाधन सञ्चालनमा आउन नसक्दा पोखरा–जोमसोम हवाई मार्ग हुँदै पर्यटक आउन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् ।

बृहत्तर किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि सडक मार्ग हँुदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पोखरा–जोमसोम रुट हुँदै विभिन्न देशका पर्यटक आउन थालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जापान, अमेरिका, चीन, मलेसियालगायतका पर्यटक बढी आउन थालेका छन् । “हवाई मार्ग हँुदै आउने पर्यटकको सङ्ख्या बढेको छ, जेठ अन्तिम हप्तादेखि नियमितरुपमा पर्यटक आइरहेका छन्, उहाँले भन्नुभयो, “एकहप्ताको अवधिमा २०० को हाराहारीमा पर्यटक हवाई मार्गमार्फत जिल्ला भित्रिएका छन् ।”

मौसममा आउने परिवर्तनका कारण दिनभर उडान हुन नसक्दा पर्यटक भने समयमै पोखराबाट जिल्ला आउन सकेको छैन । यो रुटमा गोमा, सिम्रिक, मनाङ एयरले नियमित उडान भर्दै आएका छन् । “मौसमले साथ दिइरहेको छैन, तैपनि बिहान र बेलुकीतिर हुने सीमित उडानमा पनि भरिभराउ पर्यटक आउन थालेका छन्, प्रमुख शेरचनले भन्नुभयो, “अब नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने हुन्छ ।”

विनाशकारी भूकम्पपछि पनि नियमित गइरहने पराकम्पन र बेनी–जोमसोमको विभिन्न स्थानमा खसेको पहिरोका कारण साढे एक महिनासम्म पर्यटक नआउँदा यहाँका पर्यटन व्यवसाय अस्तव्यस्त बनेको थियो । सुनसान बनेको होटल विस्तारै बुकिङ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

पछिल्लो समय मुस्ताङको मुक्तिनाथ र लोमान्थाङ क्षेत्रमा पनि पर्यटकको चहलपहल बढ्दै गएको एक्यापको भनाइ छ । रासस