२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।