
काठमाडौं, ३ वैशाख । नेकपा (एमाले)का नेता भीम रावलले चौबिसै घण्टा सत्ता स्वार्थमा लागेर देश तहसनहस बनेको टिप्पणी गर्नुभएको छ ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशका गम्भीर समस्या बारे चिन्तन र छलफलको साटो सत्ताको स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नुले देश तहसनहस बनेको बताउनुभएको छ ।
उहाँले भन्नु्भएको छ, ‘देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबिसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो । यस्तो चालाले देश तहसनहस हुन्छ ।’
देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन्।यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो।यस्तो चालाले देश तहसनहस हुन्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) April 15, 2024












प्रतिक्रिया