
भक्तपुर, १ वैशाख । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले भक्तपुर जिल्लामा सञ्चालन भएका खानेपानी योजनाहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
शनिबार मन्त्री श्रेष्ठले खानेपानी मन्त्रालयअन्तर्गतका खानेपानी तथा सरसफाई डिभिजन नं. ५ कार्यालयबाट सञ्चालित भक्तपुरको चाँगुनारायण नगरपालिका-२ स्थित प्रगति टोल खानेपानी तथा सरसफाई उपभोक्त समिति, वडा ८ को बोजिनी सिंचाइ आयोजना र सूर्यविनायक नगरपालिका-८ मा रहेको डोलेश्वर मन्दिर पानी ट्याङ्की योजनाको निरीक्षण गर्नुभएको हो ।
योजना निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले योजनाहरु समयसिमाभित्रै सम्पन्न गराउन र छिटो सञ्चालनमा ल्याउन उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभएको छ । खानेपानी जस्तो संवेदनशील कुरामा ढिलासुस्ती नगरी जनताले सहज खानेपानी उपभोग गर्न पाउनेतर्फ गम्भीर भएर काम गर्न उहाँले निर्देशन दिनुभएको छ ।
योजना निरीक्षणमा खानेपानी तथा सरसफाई डिभिजन नं. ५ का डिभिजन प्रमुख लोक चौलागाई खानेपानी तथा सरसफाई डिभिजनका डिभिजन प्रमुख अनिल केशरी, उपभोक्ता समितिका पदाधिकारी, इन्जिनियर र कर्मचारीहरुको सहभागी रहेको थियो ।








प्रतिक्रिया