२६ कार्तिक २०८३, बिहिबार

कर्णालीलाई हराउँदै लुम्बिनी बन्यो एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

बिहीबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

जितसँगै लुम्बिनी ६ खेलमा ९ अंकसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो ।

कर्णालीको यो हारपछि प्लेअफको सम्भावना न्यून रहेको छ । कर्णालीको ६ खेलमा केवल ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।