१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्री असन्तुष्ट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउनकार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रुपमा परिणाम आउन नसकेको स्पाष्ट पार्नुभयो ।

‘जुन उद्देश्यका साथकार्यक्रमको घोषणा गरियो, त्यो आमनागरिकले महसुस गर्न पाएनन् । कार्यक्रमले लक्षितवर्गलाई छुन सकेन, । त्यसैले यसलाई परिणाममुखी बनाउनयसको ढाँँचा परिवर्तन गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो । त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

‘भनिन्छ डक्टरको व्यवहारले विरामीको आधा रोग पनि निको हुन्छ, त्यसैगरी तपाईहरुको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, उर्जा मिलोस,’उहाँले भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफनो जिम्मेवारी पुरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पन्च माया योन्जनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गरेको चार दिने कार्यक्रमले उत्साह थपेको धारणा व्यक्त गर्नुभयो । मन्त्रालयले आयोजना गरेको क्षमताअभिवृद्धि तालिममा नौ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १४२ जनाको उपस्थिती थियो ।