२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के-के छलफल भयो ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा संसदमा काँग्रेसको अवरोधका विषयमा छलफल भएको जानकारी दिइएको छ ।

दुई शीर्ष नेताबीच काँग्रेसले संसदको अवरोध जारी राखेकाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठक अघि प्रचण्ड र ओलीबीच छलफल भएको हो ।