काठमाडौं, २९ चैत । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस