२५ कार्तिक २०८३, बुधबार

मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २८ चैत । मधेश प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ ।

प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवासँग छलफल गर्न बधुबार एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसक्नुभएको छ ।

बुधबार मधेशका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरु, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरु सहभागी हुने गोष्ठीमा बिहान साढे आठ बजे सुरु गरी पौने ४ बजेसम्म सञ्चालन हुने मधेश प्रदेश सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।

गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा हुन लागेको हो ।