गोरखा, २३ जेठ । अकालमा ज्यान गुमाएकी श्रीमतीको लाश उठाउन दुई लाख ५० हजारमा श्रीमान् कुमार गुरुङले सहमति जनाएकामा केटी पक्षका आफन्तले विरोध गर्दा गोरखा अस्पताल पनि तनावमय बनेको छ ।
गोरखा दरबारमार्गकी एक महिलाको सुत्केरी अवस्थामा ज्यान गएपछि गोरखा अस्पताल तनावग्रस्त वनेको हो ।
प्रसव व्यथाले च्यापेपछि बुधबार गोरखा अस्पताल भर्ना भएकी १९ वर्षीया सोनु गुरुङको सुत्केरी अवस्थामा ज्यान गएपछि उनका आफन्तले गोरखा अस्पताल घेराउ गरी नाराबाजी गर्दा गोरखा अस्पताल तनावग्रस्त बनेको हो ।
बिहीबार शल्यक्रियाबाट छोरी जन्म दिएकी गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान गोरखा अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । भरतपुर अस्पताल नपु¥याउँदै उनको निधन भएपछि आफन्तले चिकित्सकको लापरबाहीको कारण ज्यान गएको भन्दै नारा जुलुश गरेका छन् । प्रशासन घेराउ गरी उनीहरुले उपचारमा संलग्न डाक्टरको राजीनामाको माग गरेका छन् ।
सत्यतथ्य बाहिर ल्याउन माग गर्दै मृतकका आफन्तले अस्पतालमा केहीबेर ढुङ्गा प्रहार गरेका थिए । उनीहरुले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु पनि निष्पक्ष नभएको र पीडितलाई दमन गरेको भन्दै केहीबेर सुरक्षाकर्मीको विरुद्धमा पनि नाराबाजी गरेका थिए ।














प्रतिक्रिया