२ कार्तिक २०८३, सोमबार

बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाई सघाउने, उम्मेदवारी फिर्ता लिइँदै

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २७ चैत । बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)का उम्मेदवारलाई सघाउने भएको छ ।

त्यसका लागि बझाङमा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिइँदैछ ।

उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाई निर्देशन दिनुभएको थियो ।

आगामी १५ वैशाखमा बझाङको प्रदेश सभा-१ मा उपचुनाव हुँदैछ । यसअघि इलाम-२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो ।