१ कार्तिक २०८३, आइतबार

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि…

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । फुटबलर क्रिस्टियानो रोनाल्डो फेरि विवादमा परेका छन् । गएराति सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।

यस खेलको ८६औँ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । तर रेफ्रीले रातो कार्ड दिँदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन् ।

रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केही खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन् । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।

तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केही खेलको प्रतिबन्ध लाग्ने बताइएको छ ।

यस खेलमा अल हिलालले अल नासरलाई २(१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ ।