९ असार २०८३, मंगलबार

इलाम-२ मा परिवार दलको समर्थन एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाल परिवार दलले प्रतिनिधी सभा सदस्यको उपनिर्वाचन इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ ।

दलका वरिष्ठ उपाध्यक्ष एवं दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ती जारी गर्दै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आव्हान गर्नुभएको छ ।

आउँदो वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनमा एमालेलाई सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलन राजवंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको परिवार दलका एक नेताले बताउनुभयो ।

एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङले अत्याधिक मतसहित जित्ने आधार तयार भएको परिवार दलको बुझाई छ ।