३० आश्विन २०८३, शुक्रबार

नुवाकोटका भूकम्प पीडितलाई डोटीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti_districtडोटी, २ असार । डोटी जिल्लाका ग्रामिण क्षेत्रका कृषकहरुले संकलन गरी पठाईएको १ सय २८ क्न्टिल २२ किलो चामल लगायतको राहत सामग्री नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडान २ मा बितरण गरिएको छ ।

जिल्ला कृषि बिकास कार्यालय डोटी, कृषि पत्रकार समुह, बिभिन्न सहकारी संस्था, सरकारी तथा गैरसरकारी निकायको सहयोगमा उक्त राहत सामग्री संकलन गरिएको थियो ।

राहत सामग्री सहित नुवाकोट पुग्नु भएका कृषि पत्रकार समुह डोटीका अध्यक्ष झलक पालीका अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला बिकास समिति नुवाकोट र नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखा संगको सहकार्यमा बिदुर नगरपालिका वडा नं. २ का ४ सय अठासी घरपरिवारलाई प्रतिपरिवार २५ किलो चामल २ प्याकेट चिउरा र १ प्याकेट भुजा बितरण गरिएको छ ।

राहत सामग्री सहितको टोलीमा जिल्ला कृषि बिकास कार्यालय डोटी, नेपाल रेडक्रस सोसाईटी, लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था, गैरसरकारी संस्था महासंघ डोटी लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

राहत बितरण कार्यक्रममा उपस्थित नुवाकोट जिल्लाकाका बिभिन्न सरकारी गैरसकारी कार्यालय प्रतिनिधी लगायत संचारकर्मीहरुले बैशाख १२ र १९ मा गएको भूकम्पबाट पीडित नुवाकोट बासीलार्य डोटीका ग्रामिण क्षेत्रका कृषकहरुले गरेको अन्नदान सह्रायनिय बताउनु भएको थियो ।