२ श्रावण २०८३, शनिबार

रास्वपाले बोलायो संसदीय दलको बैठक

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ । बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

यस्तै, संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिनुभयो ।