२५ कार्तिक २०८३, बुधबार

जसपाको महाधिवेशन तोकिएकै मितिमा हुन्छ : बस्नेत

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको पहिलो महाधिवेशन मिति नसर्ने बताउनुभएको छ ।

०८१ जेठको अन्तिममा जसपाले गर्न लागेको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बस्नेतले शनिबार बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेतता पूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ । त्यस कार्यतालिकाअनुरुप कामहरु भइरहेका छन् । संगठित पार्टी सदस्यताको विवरण जाँचबुझ गर्ने, महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार पार्ने काम भइरहेको छ ।’

जसपाले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म मधेस प्रदेशको धनुषामा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।