काठमाडौँ, २३ जेठ । न्याय परिषद्ले पुनरावेदन अदालतमा कार्यरत ३० अतिरिक्त न्यायाधीशलाई पुनः एक वर्ष म्यादका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
एकवर्षे कार्यकालका लागि नियुक्त भएका ती न्यायाधीशको सेवाको निरन्तरताका लागि सिफारिस गरिएको परिषद्का निमित्त सचिव कृष्ण गिरीले बताउनुभयो । अघिल्लो वर्ष नियुक्त भई विभिन्न पुनरावेदन अदालतमा कार्यरत ती अतिरिक्त न्यायाधीशको यही जेठ २६ गते म्याद सकिन लागेको थियो ।














प्रतिक्रिया