
काठमाडौं, २० चैत । अर्वपति एवम् प्रतिनिधिसभा सांसद विनोद चौधरी अहिले देश बाहिर हुनुहुन्छ । उहाँ गत विहीबार नेपालबाट श्रीलंका जानुभएको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको प्रकरणमा सीआईबीमा बयान दिए लगत्तै उहाँ सोही दिन श्रीलंका उड्नुभएको थियो । त्यसयता नेपाल नफर्किनुभएका चौधरी अहिले फिलिपिन्समा हुनुहुन्छ ।
यसैबीच चौधरीले श्रीमतीलाई पनि नेपालबाट फिलिपिन्समै बोलाउनुभएको छ । चौधरीले बोलाएपछि श्रीमती सारिका हिजो मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मार्फत मलेसियाको क्वालालम्पुर हुँदै फिलिपिन्सको राजधानी मनिला पुग्नुभएको छ ।
छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा चौधरीमाथि पनि अनुसन्धान सुरू भएलगत्तै उहाँ देश बाहिर जानुभएको हो । त्यसअघि माघ १८ गते सीआईबीले उहाँका कान्छो भाइ अरूण चौधरीलगायत तीन जनालाई पक्राउ गरेको थियो ।
उहाँहरू अहिले अदालतको आदेशपछि थुनामुक्त भइसक्नुभएको छ ।















प्रतिक्रिया