
काठमाडौं, १९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा छानविनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।
संसदको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानवि हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाउनुभएको छ ।
सांसद गौतमले सरकारले सहकारी ठगीको छानविनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गर्नुभएको छ ।
उहाँले संसदीय समिति गठन गर्ने विषयलाई ठूलो विषय नबनाउन आग्रह गर्दै गृहमन्त्री लामिछानेमाथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने बताउनुभयो ।








प्रतिक्रिया